ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार गम्भीर नहुदा १३ लाख भन्दा बढी नागरीक खोप लगाउनबाट बन्चीत

काठमाडौ,जेठ ७ l अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको रभारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभीसिल्ड खोपबाट नेपालमा खोप अभियान सुरु गरीएको थियो ।

जसमा पहिलो र दोश्रो चरणमा गरी १७ लाख नागरीकहरु अभियानमा संलग्न रहेका थिए । माघ १४ गते देखी फागुन १० गते सम्म खोप लगाएका ४ लाख भन्दा बढी नागरीकहरुले दोश्रो चरणको वैशाख ७ देखी ११ गतेसम्म लगाइसकेका छन् ।

भने सरकारले खोप अभियानलाइ तीव्रता दिने भन्दै सरकारले सिरम इन्स्टिच्युट सँग २० लाख डोज खोप खरिद गरेकोमा १० लाख डोज र कोभ्याक्सिन मार्फत ३ लाख ४७ हजार खोप आएपछी माघ २३ गतेबाट सरकारले दोश्रो चरणमा १० दिन ६५ बर्ष माथिको जेष्ठ नागरीकलाई र १० दिन ५५ बर्ष माथिका नागरीकलाइ खोप लगाउने योजना बनाएपनि खोप अभाव हुदा अभियान नै स्थगित गरेको थियो ।

सरकारले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख खोप आउन बाँकि रहेको र आपूर्ती भएपछि अभियान पुन सन्चालन गर्ने जनाएको थियो । सो अभियानमा १६ लाख ४४ हजार ५सय ५८ जनाले कोरोना बिरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

खरिद गरेको १० लाख डोज खोप रोकिदा र कोरोना विरुद्धको खोप कोभिशिल्डको उत्पादनकर्ता सेरम इन्स्टिच्यूटले आफ्नै देशमा संक्रमण बढिरहेकाले सेरमले खोपको प्राथमिकतामा आफ्नै देशलाई राखेपछि यस वर्षको अन्त्यसम्म नेपालसहित अरु देशले खोप नपाउने सुचना जारी गरीसकेको छ।

यसले गर्दा दोश्रो डोज खोपको पर्खाइमा रहेका १३ लाख ६० हजार ७ सय १ जना नागरीकले पाउने खोप अनिश्चित भएको छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएको ८ साता देखि १२ साताभित्र दोस्रो डोज दिनुपर्ने व्यवस्था भएअनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुले जेठको तेस्रो सातासम्म दोस्रो मात्रा लगाइसक्नुपर्छ ।

उनीहरुले फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो मात्रा लगाएका थिए ।
अहिले विभिन्न देशहरुले गरेको अध्यान अनुसन्धानबाट पनि कोरोना रोकथाम र नियन्त्रणका लागी खोप बाहेक अन्य अपाय केही नभएको पुष्टि भइसकेको छ ।

जुन देशमा खोप अभियान तीव्र छ त्यो देशहरुमा संक्रमित र मृत्युदर पनि कम हुदै गएको छ । नेपालमा पनि पछील्लो समय खोप लगाएका भन्दा नलगाएका मानिसहरु सिकिस्त भइ मृत्यु भएको तथ्याक छ ।

विज्ञहरु भने खोप अभियानलाइ तीव्रता दिन सके संक्रमित दर र मृत्युदर घटाउन सकिने बताउछन् ।अहिले हामी भारतको मात्र आश गरेर बस्दा सोचेभन्दा धेरै क्षती हुन सक्छ त्यसैले खोप उत्पादक विभिन्न देशहरुसाग खोपको लागी प्रकृया अगाडी बढाउनु पर्ने डा सन्तोष दुलाल बताउछन ।

स्वास्थ्य मन्त्रालय भने फागुन २३ गतेपछि पहिलो मात्रा लगाएकाहरुलाई खोप आएपछि दोस्रो मात्राको मिति तोकिने र खोपका लागि पहल भइरहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले जिल्ला र प्रदेशमा लगाएर बाँकि बचेको कोरोना विरुद्धको खोप कोभिसिल्ड फ्रन्टलाइनमा रहेर काम गरीरहेका र दोस्रो मात्रा खोप लगाउन छुटेका व्यक्तिलाई लगाउने समयतालिका बनाउन निर्देशन दिएको छ।

महामारीमा अग्रपंतिमा रहेर सेवा प्रदान गरीरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मी लगायतलाई खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस) को जेठ ५ गते बसेको बैठकले हाल विभिन्न जिल्ला र प्रदेशमा मौज्दात कोभिसिल्ड खोप फागुन ३ गतेभन्दा अगाडी पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *