ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ सरकारको लागि आह्वान गरेको समय सिमा सकियो, सांसद सङ्ख्या भन्दा धेरैको हस्ताक्षर राष्ट्रपति समक्ष

काठमाडौं जेठ ७ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ ।

राष्ट्रपतिले दिएको समय सिमा सकिदाँ दुई प्रस्ताप राष्ट्रपति कार्यलयमा पुगेको छ । यो अवधिमा प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि प्रधानमन्त्री बनाउने प्रस्तावमा १सय ४९ जना सांसदको हस्ताक्षर हुदाँ प्रधानमन्त्री केपी ओलीले १सय ५३ जना सांसदको हस्ताक्षर बुझाएर आफु नै प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् ।

हाल संसदको कुल सङ्ख्या २ सय ७१ भएपनि राष्ट्रपति समक्ष भने २ सय ९२ जनाको हस्ताक्षर पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *