ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सबै स्थानिय तहले कोरोना संक्रमित बिरामीको लागी अस्पतालसँग सम्झौता गर्नु पर्ने

काठमाडौ,जेठ ७ l सबै स्थानीय तहले कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरुसँग सम्झौता गर्नुपर्ने भएको छ । कोरोना बिरामीहरुको उपचारमा लागेको खर्च भने केन्द्र सरकारले ब्यहोर्नु पर्ने छ ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले सबै स्थानीय तहलाई पत्र लेखेर अस्पतालसँग सम्झौता गरी सो को विवरण स्वास्थ्य आपत्तकालीन केन्द्र (एचईओसी)मा पठाउनु पर्ने बताएका छन् ।

स्थानीय तहहरुले सम्झौता गरेका अस्पतालले मासिक मन्त्रालयमा कोरोनाका बिरामी रिपोर्ट बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *