ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चन्द्रगीरी नगरपालीकामा थप दुइ दिन सिल,अत्यावश्यक सेवा बाहेक सबै बन्द

काठमाडौ,जेठ ७ l संक्रमित संख्या बढ्दै गएपछी काठमाडौंको चन्द्रागिरि नगरपालिकामा थप दुई दिन सिल गर्ने भएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामा रहेको चन्द्रागिरि नगरपालीकामा वैशाख २९ गते बसेको बैठक अनुसार जेठ १ देखि ७ गतेसम्म सिल गर्ने निर्णय गरीए पनि बिहीबार पुनः थप दुई दिन सिल गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका सिल गर्ने निर्णय गरेको जानकारी दिए ।

नगरपालिका सिल भएसँगै अत्यावश्यक सेवा बाहेक बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *