ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति विरुध महाअभियोग लगाउने विषयमा छलफल गर्ने प्रचण्ड पुगे देउवा निवास

काठमाडौं जेठ ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेसम्मका लागि नयाँ सरकार बनाउने समयसीमा तोकेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुन लागेको हो । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

यता नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । केही बेर अघिमात्र सकिएको पधादिकारी वैठकले राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य गरेको निस्कर्ष नेकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *