ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको विकल्पका लागि सवैबाटो खुल्ला राख्ने काँग्रेसको निर्णय, राष्ट्रपति विरुध महाअभियोगको संभावना

काठमाडौं जेठ ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले ओलीको विकल्पका लागि सवै छलफलको बाटो खुल्ला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको काँग्रेसले सबै दलसँग छलफल ओली प्रविर्ति रोक्ने निर्णय गरेको हो । सभापती निवास बुढानिलकण्ठमा बसेकोकांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ । काँग्रेसले राष्ट्रपति विरुध महाअभियोग ल्याउन ल्याउन काँग्रेसले गृहकार्य सुरु गरेको वरिष्ठ नेता रामचन्द्र पौडलेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *