ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमित भएको २ हप्ता पछी दोश्रो डोज खोप लगाउन मिल्ने

काठमाडौं,जेष्ठ ७ । पछील्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलीरहेको बेला कोरोना भाइरसविरुद्ध खोपको पहिलो र दोश्रो डोज पुरन गरीसकेका मानिसहरु पनि संक्रमित भइरहेका छन् ।

खोप नलगाउने भन्दा खोप लगाएकाहरुमा जटिल समस्या देखिएको छैन् । विभिन्न अनुसन्धानबाट पहिलो डोज खोप लगाएका मानिसहरु संक्रमित भएपछि भेन्टिलेटर नचाहिने गम्भीर नभएको पाइएको छ ।

भाइरसबाट सङ्क्रमण भएपछि कोरोना भाइरसविरुद्ध खोप लगाउन सकिन्छ । सङ्क्रमण भएर निको भएको दुई हप्तापछि कोभिड खोपको दोस्रो डोज लगाउन सकिने सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता बताउँछन् ।

सङ्क्रमण भएपनि अक्सिजनको स्तर नघटेका र लक्षण सुरु भएको दिनबाट १० दिन पूरा भएपछि खोप लगाउन सकिन्छ ।
त्यस्तै, सङ्क्रमण भएर शरिरमा अक्सिजनको स्तर कम भएका बिरामीले भने १४ दिनपछि खोप लगाउनुपर्ने हुन्छ ।

वा, लक्षण सुरु भएको दिनबाट १४ दिन पूरा भएको र ज्वरो निको भएको तीन दिन पूरा हुनुपर्ने छ । सङ्क्रमणका कारण एन्टिबडीको विकास भएको हुनाले कतिपय देशमा सङ्क्रमणबाट निको भएकाले एक महिनापछि खोप लगाए पनि हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *