ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजनीतिमा पुन नयाँ तरङ्ग- राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्न खोजेको प्रतिपक्षको बुझाई(कुन नेताको के भनाई ? )

काठमाडौं जेठ ७ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री राजीनामा नआइ तथा विश्वासको मत समेत नलाई नयाँ सरकारका लागि एक दिने म्याद राखेर नयाँ सरकार निर्माका लागि आह्वान गरेपछि राजनीतिक क्षेत्रमा तरङ्ग पैदाँ भएको छ ।

पटक पटक संविधान मिचेको निस्कर्ष निकाल्दै प्रतिपक्षी काँग्रेसले राष्ट्रपति विरुध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ । काँग्रेसले राति विज्ञप्ती जारी गर्दैं राष्ट्रपतिको कदम असंवैधानिक भएको जनाएको हो । काँग्रेसको भनाई छ- ‘आज २०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ’

काँग्रेसले थप छलफलका लागि अहिले विहान ९ बजेका लागि छलफल समेत बवलाउको छ । साझँ नै देउवाले पधादिकारी, पुर्वपधादिकारी तथा साँसदलाई छलफलका लागि निवासमा डाकेका हुन् । कांग्रेस नेता रमेश लेककका अनुसार राष्ट्रपतिलाई अविश्वासको प्रस्तावको तयारीमा काँग्रेस जुट्ने बताएका हुन् । उता युवा नेता गगन थापाले पनि राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गर्न अपिल गरेका छन् ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको ठहर छ । सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन  रहेकोमा २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु षड्यन्त्र भन्दा अरु केहि हुन नसक्ने उनको भनाइ छ ।

काँग्रेस संसदिय दलका नेता बालकृष्ण खाडले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् ।  नयाँ सरकार गठनका लागि दिइएको २१ घण्टाको समय अवधी तोकिनु आश्चर्यको विषय भएको उनले बताए ।  यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति पनि लोकतन्त्र र संविधानविरुद्ध गएको प्रमाणित भएको टिप्पणी गरेका छन् । उनको भनाई छ- ‘ प्रधानमन्त्रीले र राष्ट्रपतिले जसरी काम गर्नुभएको छ, यो संविधानविरोधी छ, लोकतन्त्र विरोधी छ र हाम्रा स्थापित मूल्य मान्यता, परम्परा र नजीरहरुका पनि विरुद्धमा छ । पहिलो कुरा त यो ठूलो षड्यन्त्र हो । संविधान र लोकतन्त्रमाथिको अर्को घात हो भन्ने मलाई लागेको छ ।‘

माओवादीका सचेतक देव गुरुङले राष्ट्रपतिको कदम रहस्यमय भएको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्न खोजेको आरोप लगाएका गुरुङले ओलीलाई ने कुनै पनि हालमा प्रधानमन्त्री देख्न राष्ट्रपति लागेको आरोप छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले  प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको धज्जी उडाएको बताएका छन् । ‘राष्ट्रपतिको आह्वान त त्यो प्रधानमन्त्रीले गरेको हो । प्रधानमन्त्रीको यो कदम संविधानको मूल मर्म र भावना विपरीत छ’ उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *