ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ब्वाँसोको नियत बोकेर नाटकीय मन्चनमा व्यस्त नेताहरुको मखुण्डो उघ्रियो: मुख्य मन्त्री राई

काठमाडौं ६, जेठ । मुख्य मन्त्री शेरधन राईले नेकपा एमाले एक्लै बलियो भएको बताएका छन् । विहिवार भएको उपनिर्वाचनको शिलशिलामा बोल्दै मुख्य मन्त्री राईले सामाजिक सन्जाल मार्फत एमालेका उम्मेदवारलाई पार्टी भित्रै ब्वाँसो भएर निस्किएकाहरुको केन्द्रिय योजनामा हराएको बताएका छन् ।

नेकपा एमालेकै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदाताहरुबाट हराइएको भन्दै आजबाट भ्रम तोडिएको र नेताहरुको मखुण्डो आजबाट उघ्रिएको बताएका छन् । उनले सामाजिक सन्जालमा भनेका छन् । “आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले का उम्मेदवारलाई पार्टी भित्रै ब्वाँसो भएर निस्किएकाहरुको केन्द्रिय योजनामा नेकपा एमाले कै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदाताहरुबाट हराइयो पार्टी बिधान, पद्वति, प्रक्रिया, निति, निर्णय र निर्देशनको वकालत गर्दै नेकपा र नेकपा एमाले भित्र भाँडभैलो मच्याउँदै पार्टी भित्रै ब्वाँसोको नियत बोकेर नाटकीय मन्चनमा व्यस्त रहेका नेताहरुको मखुण्डो आजबाट उघ्रियो आज जे भयो यो संसदीय अभ्यास र प्रणाली, दलीय व्यवस्था र दलीय बिधी बिधानको नांगो उपहास हो, यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बोल्न मिल्दैन जे होस नेकपा एमाले एक्लै लोकप्रिय र शक्तिशाली छ, आजको परिणाम र तथ्यले त्यही बतायो, देखायो सर्वशक्तिमान निर्णायक शक्ति जनता हुन् ।“

मुख्य मन्त्री राईले असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबैखाले शक्तिहरुको वास्तविक अनुहार, उनिहरुको हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउदै जाने समेत बताएका छन् । राईले भनेका छन् । गठबन्धनका बावजुद नेकपा एमाले एक्लै बलियो छ भन्ने कुरा आज स्पष्ट भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *