ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अग्रपंतिमा रहेर काम गरिरहेका र दोस्रो डोज खोप लगाउन छुटेकालाइ कोभिसिल्ड खोप दिने

काठमाडौं ,जेष्ठ ६ । स्वास्थ्य मन्त्रालयले जिल्ला र प्रदेशमा लगाएर बाँकि बचेको कोरोना विरुद्धको खोप कोभिसिल्ड फ्रन्टलाइनमा रहेर काम गरीरहेका र दोस्रो मात्रा खोप लगाउन छुटेका व्यक्तिलाई लगाउने समयतालिका बनाउन निर्देशन दिएको छ।

महामारीमा अग्रपंतिमा रहेर सेवा प्रदान गरीरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मी लगायतलाई खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस) को जेठ ५ गते बसेको बैठकले हाल विभिन्न जिल्ला र प्रदेशमा मौज्दात कोभिसिल्ड खोप फागुन ३ गतेभन्दा अगाडी पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा र नुवाकोटको हकमा भेरोसेल खोपको दोस्रो मात्राको समय तालिकासँग नबाँझिने गरी खोप सेवा संचालन गर्न पनि ध्यानार्षण गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *