ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदूरपश्चिम प्रदेशमा संक्रमित बढेसँगै औषधी अभाव

धनगढी,जेठ ६ l सुदूरपश्चिम प्रदेशमा संक्रमित संख्या बढेसँगै संक्रमितका लागि आवश्यक पर्ने औषधि अभाव हुन थालेको छ।

कोरोनाका बिरामीलाई प्रयोग गरिने मेरोपेनम, लिभोफ्लोक्सासिन, हेपारिन जस्ता औषधिले रगतमा संक्रमण र निमोनिया हुनबाट बचाउने भएपनि यी औषधिको बजारमा अभाव हुन थालेको छ भने भिटामिन सी,जिङ्क, डेक्सामेथासोन र रेम्डेसिभिर जस्ता औषधिको पनि अभाव हुन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

औषधि व्यवसायी संघ कैलालीले औषधीको अभाव हुन थालेकोले प्रशासनले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औल्याएको छ।संक्रमित बढेसँगै अक्सिजन आपूर्तिमा समस्या भइरहेको सुदूरपश्चिम प्रदेशमा कोरोनाको बिरामीकाका उपचारमा प्रयोग हुने औषधिको समेत सहज आपूर्ति नहुदा चिन्ता बढ्न थालेको छ ।

पछिल्लो समय संक्रमित बिरामी बढेसँगै अक्सिजनका अतिरिक्त आईसीयू र एचडीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या समेत बढेको छ।

आईसीयू र एचडीयूमा रहेका बिरामीका लागि चलाउनुपर्ने औषधि भने बजारमा सजिलै उपलब्ध नहुँदा समस्या हुन थालेको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबिन्द रोकायाले बताए l

प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि कोरोनाको उपचारमा प्रयोग हुने औषधि सहज पाउन छोडिसकेको छ।

केहि दिनदेखि औषधिको केहि अभाव भएजस्तो महसुस हुन थालेको धनगढीको कैलाली अस्पतालका कन्सल्टेन्ट फिजिसियन डक्टर अनिल ढकालको भनाइ छ ।

नागरिकहरुले बिरामी भइ पो हालिन्छ कि भनेर औषधि खरिद गरेर घरमा थन्क्याउँदा समस्या भएको हुनसक्ने जानकारहरु बताउँछन् ।यस्तो स्वास्थ संकटमा औषधिको अभाव हुन नदिन स्थानीय प्रशासनले अनुगमन गर्न जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *