ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाँकेमा कोरोनाका कारण थप १० जनाको मृत्युु

बाँके,जेठ ६ l कोरोनाको हटस्पट बनेको बाँकेमा बिहिबार मात्र थप १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका संक्रमितको बुधबार ५ बजे साँझदेखि बिहीबार बिहानसम्ममा १० जनाले ज्यान गुमाएका छन् ।

हालसम्म बाँकेमा कोरोना संक्रमणबाट जिल्लाभीत्र २५७ जनाले ज्यान गुमाइसकेका छन् । अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा ज्यान गुमाएका छन् ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना बाँके र ४ जना बर्दियाका र १ जना दाङ र १जना कैलालीका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *