ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन बार अनुशारको कार्यतालिका सार्वजनिक

धनगढी,जेठ ६ l कोरोना संक्रमित संख्या बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालको सेवा थप चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले विहीबार एक विज्ञप्ती जारी गरेको छ ।

जसमा अस्पतालको सेवा थप प्रभावकारी बनाउन तथा व्यवस्थापन बलियो बनाउन बारअनुसारको कार्यतालिका सार्वजनिक गरेको हो।

आइतबार कोभिड वार्डमा खटीएका चिकित्सक तथा नर्सिङ इञ्चार्जसंग देखिएका समस्याका बारेमा छलफल तथा आईसीयू र भेन्टिलेटरका बारेमा रिपोर्टिङ गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

भने औषधिको अवस्थाबारे फार्मेसी ईञ्चार्जसंग रिपोर्टिङ लिने, प्रयोगशाला ईञ्चार्जसंग श्वाव संकलन तथा छिटो छरितो रिपोर्ट प्रदान गर्ने लगायतका विषयमा रिपोर्टिङ गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *