ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपनिर्वाचन: कोरोना संक्रमित मतदातालाई छुट्टै गेट, मतपरिणाम भर्चुअल विधिबाट सार्वजनीक हुने

हेटौडा, जेठ ६ । कोरोना महामारी र निषेधाज्ञाका बीच हुन लागेको बागमति प्रदेशको रिक्त रहेको राष्ट्रिय सभा निर्वाचनको  उपनिर्वाचन लागि आयोगले संक्रमित मतदाताका लागि छुट्टै गेटको व्यवस्था पनि गरेको छ ।

हेटौँडा- ४ मा रहेको भुटनदेवी स्कुलको चौरमा विहना ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचनका लागि कोरोना संक्रमित मतदातालाई विद्यालयको पूर्वपट्टिको गेटबाट  र अन्यलाई पश्चिमतर्फको गेटबाट प्रवेशको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरमण श्रेष्ठले जानकारी दिए ।

मतदान र मतगणनास्थलमा भौतिक  दूरी, माक्स र स्यानिटाइजरको प्रयोग अनिर्वाय गरिएको छ । भने मतदान स्थलामा मोबाइल, क्यामेरा प्रयोगमा बन्देज गरिएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  प्रमुख निर्वाचन अधिकृत श्रेष्ठको भनाई छ । उनका अनुसार मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ  । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *