ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम: देशभर बर्षाको संभावना

काठमाडौं जेठ ६ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाका सम्भावना रहेको शाखाको भनाई छ ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम  बर्षा र थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *