ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कार्यदलको बैठक अन्तिम समयमा स्थगित

काठमाडौं जेठ ५ । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक भोली साँझ पाच बजे सम्मका लागि स्थगित भएको छ ।

आज साझ ७ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।सवै सदस्य उपस्थित हुन नसकेका कारण वैठक भोलिसम्मका लागि स्थगित भएको ओलीका पक्षबाट कार्यदलका प्रखुख सुवास नेम्वाङले जानकारी दिए ।

कार्यदलमा अध्यक्ष ओली र माधव नेपाल पक्षका ५–५ जना नेता रहेका छन् । जसमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् ।

वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *