ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निजी अस्पतालले लुट मच्चाइ रहदाँ ३० निजी अस्पतालले कोरोना संक्रमितको नि शुल्क उपचार गर्ने (अस्पतालको नाम सहित)

काठमाडौं जेठ ५ । देशभरका ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएका छन् ।

सरकारले सातै प्रदेशका कोभिड संक्रमितले निःशुल्क उपचार पाउने गरि सरकारले कनिजी अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको छ । अनुसार प्रदेश नम्बर १ मा नोवेल मेडिकल कलेज विराटनगर तथा प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगंज र जानकी मेडिकल कलेज जनकपुरसंग सम्झौता भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीको भनाई छ ।

सिभिल हस्पिटल, चितवन मेडिकल कलेज, विपी कोइराला क्यान्सर हस्पिटल लगायत १७ निजी अस्पतालले बागमतीमा निशुल्क उपचार गर्दाँ गण्डकीको मनिपाल सहित दुई तथा लुम्विनी प्रदेशमा पनि दुई अस्पतालले नि शुल्क उपचार गर्ने सहमति गरेका छन् ।

सुदुरपश्चिमका ६ वटा निजी अस्पतालहरूले निःशुल्क सेवा दिन सरकारसँग सम्झौता गरेको र ३० वटै अस्पतालहरूले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *