ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निषेधाज्ञा खुलेपछिमात्र कर र जरिवाना लिनु- सर्वोच्च

काठमाडौं,जेठ ५ । सर्वोच्च अदालतले निषेधाज्ञाका समयमा लागु भएको अवधिमा कर र जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।

मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन निषेधाज्ञा खुलेको ३० दिन भित्र सक्ने गरी व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

‘सामान्य परिस्थितिमा सम्पूर्ण कर विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भएता पनि कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन ।’- आदेशमा भनिएको छ ।

कोरोना संक्रमणका कारण आजसम्म ७४ जिल्लामा पुर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *