ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण मृत्युहुने संख्या दैनिक बढ्दो

काठमाडौं,जेष्ठ ५ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुइ दिन प्रत्यक्ष प्रसारण गर्दै आएको कोरोना अपडेटमा देशभर कोरोनाका कारण थप २ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ५ हजार ६ सय ५७ जना रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरीएको ८ हजार ६४ वटा पिसिआर परीक्षण र १ सय ९ वटा एन्टिजेन परीक्षणमा काठमाडौं उपत्यकामा २ हजार ४ सय ८६ जना सहित देशभर ८ हजार १ सय ७३ जनामा संक्मरण पुष्टि भएको छ ।

देशभरबाट ७ हजार ९ सय ८९ जना निको भएका छन् । कोरोना संक्रमण तीव्र रुपमा फैलीरहदा जनजीवन र स्वास्थ्य सेवा नै अप्ठ्यारो परिस्थितिमा पुगेको छ ।

दिन प्रतिदिन संक्मरण बढ्दो छ र सिमित स्रोत साधनको बिच अगाडी बढीरहेको छ । यो अप्ठ्यारो परिस्थितिमा सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । देशभर संक्रिय संक्रमित १ लाख भन्दा बढी र क्वारेन्टिनमा ८ सय ५४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *