ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निषेधाज्ञा अवधिभर कर्जा सम्बन्धि सुचना जारी गर्न नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौं,जेष्ठ ५ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर कर्जा सम्बन्धि सुचना जारी गर्न नपाउने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नितिको तेस्रो त्रैमासको समीक्षामा बैंक तथा बित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर र समाप्त भएको एक महिनासम्म ऋणिको कर्जा असुली सम्बन्धि सुचना जारी गर्न नपाउने व्यवस्था मिलाउने जनाएको छ ।

राष्ट्र बैंकले ऋणिसँग कर्जा उठाउदा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । म्याद सकिएका मुद्दति निक्षेपको नविकरण, जमानत तथा प्रतिपत्रको नविकरण र कर्जाको नविकरण सम्बन्धित ग्राहकले अनुरोध गरे अनुसार ब्यवस्था मिलाउने जानकारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *