ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेसले संसदीय दलको बैठक दुई बजे बस्ने

काठमाडौं जेठ ५ । नेपाली काग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफलका लागि संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले बैठक बोलाएको सांसद सुजता परियालरले जनकारी दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भइरहेका बेलामा बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार प्रधानमन्त्री केपी ओली नियुक्त हुनुभएको थियो ।

यस अघि ओलीलाई विश्वासको मत नदिएको गठन्धनसंग सल्लाह गरेर पुन ओलीलाई विफल बनाउने रणनीति सहित काँग्रेस संसदीय दलको बैठक बस्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *