ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा नै भेटिएका दुई नयाँ भेरियन्ट बढी संक्रामक

काठमाडौं ,जेष्ठ ४ । नेपालमा अहिले सम्म कोरोनाको भाइरसको ३ वटा नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै नेपालमा कोरोनाको थप २ वटा नयाँ भेरियन्ट देखिएको जानकारी दिएको छ ।

अहिले भेटिएको भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेकोले थप सचेत रहन सबैलाई मन्त्रालयले अपिल गरेको छ । देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्विन्सङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणा समेत गरी सकेको छ । यी दुवै भेरियन्ट भारतमा भेटिएका कोरोनाका नयाँ प्रजाति हुन् । दुवै भेरियन्टबाट महाराष्ट्र र आन्द्रप्रदेश बढी प्रभावित भएको छ । नेपालमा यसअघि बेलायतमा भेटिएको B.11.7 भेरियन्ट भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *