ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप

नुवाकोट,जेठ ४। नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर जेठ १८ गते राति १२ बजेसम्म कायम गरिएको छ । कोरोना संक्रमित थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ ।

निधन भएका नुवाकोटका दुई जना आज थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने १२ र सक्रिय संक्रमित ८२१ जना छन् । महामारीबाट जोगिन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *