ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको खोपमा विद्यार्थी पहिलो प्राथमिकतामा राख्नु पर्ने अनेरास्ववियुको माग

काठमाडौं,जेठ ४ । नेकपा (एमाले) नेपाल- खनाल समूह निकट अनेरास्ववियुले कोरोना विरुधको खोपमा विद्यार्थीलाई पहिलो प्राथमिकता दिन माग गरेको छ ।

शैक्षिक सत्र अस्तव्यस्ता बनेको तथा विद्यालय सञ्चालनको अवधिमा समेत विद्यार्थीलाई खोप लक्षीत नगरेको भन्दैं आलोचना गरेको उक्त संगठनले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउन माग गरेको हो।

मंगलबार भर्चुअल विधिबाट बसेको केन्द्रिय कमिटीको बैठकपछि अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ती जारी गर्दैं अभिभावकसंग चर्को शुल्क असुलेका निजी विद्यालय सञ्चालकलाई कारवाहीको समेत माग गरेको छ ।

उसले विद्यार्थीका लागि निषेधाज्ञा अवधीको कोठा भाडा मिनाहा गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *