ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपाले गर्यो प्रधानमन्त्री पदको दावी

काठमाडौं जेठ ४ । विभाजनको औंपचारीको घोषणामात्र हुन बाकीं रहेको बताइरहदाँ मंगलबार उपेन्द्र यादव र महन्त ठाकुरले संयुक्त विज्ञप्ती जारी गर्दैं सरकारको नेतृत्व आफुले गर्ने संकेत गरेका छन् ।

दुई अध्यक्ष द्वारा जारी विज्ञप्तीमा तत्काल पार्टी सरकारमा सहभागी नहुने तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने जनाएका छन् ।

पार्टीलाई अझ सुदृढ बनाउन सहमति जनाएका उनीहरुले हाललाई भने प्रतिपक्षमा नै बस्ने प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *