ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ट्रायल दिने गाडी थन्किनु भन्दा नागरिकको निशुल्क सेवामा लगायौ

काठमाडौं ३, जेठ । एउटा फरक उदाहरणमा नागरकि सामु नागरकिकै समस्या हल गर्ने भुमिकामा सवारी साधन सिकाउने ठाउँको भेहीकल एकडेमीले आफ्ना सवारीहरु निशुल्क सेवामा लगाएको छ ।

अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले ग्रसित छ । अस्पतालमा अक्सिजन र शैय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि उपचार व्यवस्थापन गर्न अस्पताल तथा राज्यलाई सकस परिरहेको छ। यसै समयमा नागरिक स्तरका सेवाले भने देशव्यापी व्यापकता पाउँदै गएका छन् । निषेधाज्ञाका कारण बन्दाबन्दीले सबै क्षेत्र जस्तै प्रभावित हुँदा यस्ता ट्रायल सेन्टरहरु समेत प्रभावित बनेका छन् ।

ट्रायल रोकिएको समयमा सवारी खाली बस्नु भन्दा पनि नागरिकलाई सेवा पाउँदा सानो सानो सहयोगले ठूलै संकटलाई पार लागाउन सकिन्छ भन्ने उदेश्यले यो सेवामा खटिएको यहाँका स्वयमसेवी देवेनद्र प्रधानले बताए । चालकलाई दैनिक भत्ता, सुरक्षा, सावधानी अपनाएर यो अभियान सुरु गरिएको छ । कोभिड भन्दा पनि दिर्घ रोगी सुत्केरी जस्ता बिरामीहरु पनि बन्चित हुन नपरोस र नागरकिले समयमा सवारी पाउन नसक्दा जोखिम नहोस भन्ने अभियानमा समेत नगरपालिका संगको समन्वयमा यहाँका स्वयमसेवी जुटेका छन् ।

कोभिड महामारीले मुलुकमा स्वास्थ्य संकट सिर्जना भएको छ । यो समय स्वास्थ्य सामग्री, उपकरणलगायत वस्तु सहयोग गर्न सक्ने नागरकि स्तरको सहयोगी हातहरु फैंलिदै छन् । सरकारको राजनीतिक खिचातानीका कारण भाषण र शासनमा बाहेक अग्रसरता जति देखाउनु पर्ने त्यती देखाउन नसक्दा महामारीले मुलुक आक्रान्त छ । नागरिकलाई अप्ठेरो परेका बेला सामाजिक उत्तरदायित्वमा नागरिकनै अग्रसर हुनुले जहाँ छौं, जस्तो छौं, जति सक्छौ, त्यतीनै सेवा गरौ भन्ने अनुमान गर्न सकिन्छ नागरिकस्तरको अभियान देशैभर चलिरहेको बेला ।

यतिबेला विभिन्न व्यक्तीगत रुपमा उद्दमी, व्यावसायी, जनप्रतिनीधिले सहयोगमा अग्रसरता समेत देखाउँदै छन् । यसैको एउटा फरक उदाहरणमा नागरकि सामु नागरकिकै समस्या हल गर्ने भुमिकामा सवारी साधन सिकाउने ठाउँको भेहीकल एकडेमीले आफ्ना सवारीहरु निशुल्क सेवामा लगाएको छ । सम्बन्धित ठाउँका उद्योगी, व्यवसायी तथा नागरिकस्तरको सहयोगले अहिले देशव्यापी बन्दै व्यापकता पाउँदै गएको छ ।

अहिलेको परिस्थिति अलि कठिन भएकाले बाहिर निस्केर सहयोग गर्न समेत अप्ठेरो छ । तर जो यसरी बाहिर अग्रसर भएर ज्याननै जोखिममा हालेर काम गरिरहेका छन् साँच्चीकै सेवाभाव झल्किन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *