ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबीस घण्टामा २१४ जनाको मृत्यु

काठमाडौं ३, जेठ । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा आज देशभर कोरोनाका कारण २ सय १४ जनाको मृत्यु भएको जनाएको छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने ५ हजार २ सय १५ जना पुगेको छ । देशभरबाट गरीएको एन्टिजेन र पिसिआर २२ हजार ८७ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका सहित ३ हजार ९८ जना सहित देशभर ९ हजार २ सय ४७ जनामा संकम्रण पुष्टि भएको छ । देशभरबाट गत चौबीस घण्टामा ५ हजार ७ सय ६७ जना निको भइ घर फर्किएका छन् ।

हाल सम्म निको हुने प्रतिशत ७४ दशमलव ४ रहेको छ ।देशभर संक्रिय संक्रमित १ लाख १३ हजार ४ सय ८० जना रहेका छन् भने क्वारेनटिनमा ७ सय ८ जना रहेका छन् । देशभर आसियुमा उपचारत १२ सय ५९ जना र भेन्टिलेटरमा ४ सय जना उपचारत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *