ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं ३, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी साँझ ५ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको प्रधानमन्त्रीले स्रोत बालुवाटारले जानकारी दिएको छ ।

बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीले बताए। मन्त्रिपरिषद्को नियमित बैठक साथै बैठकले संसद्‌को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना समेत रहन सक्ने छ ।

जेठ १५ गते संघीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता छ। त्यसअघि बजेटका सिद्धान्त र प्राथिमकताका लागि १५ दिन अगावै संसद् आव्हान भने टरेको छ । बजेटअघि पेश हुने नीति तथा कार्यक्रम पनि पेश हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *