ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टीहरुबीचको एकीकरणमा आफूहरु सधै सकारात्मक: नारायणकाजी श्रेष्ठ

काठमाडौं ३, जेठ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुबीचको एकता हुनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भएपनि देशी–विदेशी शक्तिहरुको योजनामा पार्टी छुट्टीनु परेको भन्दै नेता श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजान पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावनाका साथ एकता हुनुपर्ने बताएका छन् । पहिले आफ्नो पार्टीलाई नै रुपान्तरणका साथ गल्ती तथा कमीकमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।

यद्यपि, कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणमा आफूहरु सधै सकारात्मक रहेको श्रेष्ठले बताएका छन् । कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गरी आफूहरु अगाडी बढने उनको भनाई छ ।

बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने आफूहरुको लक्ष्य रहेको नेता श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *