ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उच्च रक्तचापका कारण विश्वभर बर्षेनि एक करोड मानिसको मृत्यु

काठमाडौ,जेष्ठ ३ । पछील्लो समय विश्वभर उच्च रक्तचापका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारणमध्ये एउटा प्रमुख कारण हो । आज यो समस्या नेपालको मात्र नभइ विश्वकै एक साझा समस्या बनिरहेको छ ।

आज विश्व उच्च रक्तचाप दिवस पहिले बर्षहरुमा मानिसहरु विभिन्न जनचेतनामुलक औपचारीक कार्यक्रमहरु गरेर मनाउने गरीन्थ्यो भने यो बर्ष कोरोना महामारीका कारण खासै कार्यक्रमहरु भएका छैनन्। अहिले विश्वभर दिनप्रतिदिन उच्च रक्तचापका बिरामीको संख्या भयावय रुपमा बढ्दै गएको तंथ्याकहरुले पनि देखाउछ ।

विश्वभर चार बयस्कमध्ये १ जनालाई उच्च रक्तचाप हुने गरेको छ भने बर्षेनि १ करोड जनाको मृत्यु भईरहेको छ ।पहिले उच्च रक्तचापलाई वृद्धवृद्धाहरुमा मात्र यो रोग लाग्छ भन्ने सोचिन्थ्यो भने अहिले यस रोगले उमेर नभनि वयस्कहरुमा समेत देखिएको छ जसको प्रमुख कारण अव्यवस्थित जिवनशैली र मानसिक तनाव रहेको छ ।

के हो उच्च रक्तचाप कुनै मानिस आराम गरिरहेको अबस्थामा दुई वा सोभन्दा बढी पटक भिन्दा भिन्दै परिस्थितिमा रक्तचाप जाँच गर्दा त्यो मानिसको व्यक्तिमा रक्तचाप १३० वा बढि र तलको रक्तचाप ८० वा बढि भएको अवस्थालाई उच्च रक्तचाप अर्थात हाईपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई निम्नाअनुसार बर्गिकरण र्न सकिन्छ ।

अमेरिकन र्हाट असोसियसन, २०१७ का अनुशार नर्मलः १२० र ८० भन्दा कम एलिभेटेडः १२०—१२९र८० हाईपरटेन्सन १० स्टेज १स् १३०—१३९र८०—८९ २० स्टेज २स् १४० र ९० भन्दा बढि उच्च रक्तचाप प्राईमेरी र सेकेन्डरी गरि दुई प्रकारका हुन्छन् । प्राईमेरी रक्तचाप ९५५ र सेकेन्डरी रक्तचाप ५५ जति हुन्छ । प्राईमेरी रक्तचापको खास कारण थाहा नभएपनि अव्यवस्थित जिवनशैली चुरोट रक्सी सेवन, मोटोपना, निष्कृय जिवनशैली र बंशाणुगत मुख्य रहेको छ । भने सेकेन्डरी रक्तचापको कारण मृगौलाका रोगहरु, गर्भ निरोधक चक्की, थाईराईड, प्याराथाईराईणका समस्याहरु, मुटुको समस्याहरु हुनसक्छन ।

लक्षणहरु सामान्यतया उच्च रक्तचापका लक्षणहरु नदेखिन पनि सक्छन त्यसैले यसलाई थाहै नपाई सिध्याउने रोग भनिन्छ । नियमित बिरामीको जाँच गर्दा अथवा यसको कारणले भएको कुनै जटिलता पछि मात्र पत्ता लाग्छ जस्तै हृदयघात, पक्षघात । कुनै बिरामीहरुमा रिँगटा लाग्ने, टाउको दुख्ने पछाडीको भाग, मुटु हल्लने, आँखा धमिलो देख्ने, नाक वा मुखबाट रगत आउने आदि इत्यादि जस्ता लक्षण देखिन सक्छन ।

के केको जाँच गर्ने उच्च रक्तचापले मुटु, मस्तिष्क, मृगौला, आँखालाई असर गर्ने हुँदा उच्च रक्तचापको बिरामीले चिकित्सकको सल्लाह अनुसार छातीको एक्स रे, इ सि जि वा इको, मृगौलाको जाँच, सुगर, बोसो, थाईराईड जाँच गर्नुपर्छ । हाम्रो जनमानसमा एकपटक उच्च रक्तचापको औषधि सेवन गरेपछि जिवनभरी सेवन गर्नुपर्छ त्यससैले औषधि सकेसम्म खानुहुन्न भन्ने गलत सोचाई छ । जसले गर्दा दिनानुदिन आकस्मिक रुपमा मानिसहरुको अकालमा ज्यान जानुको साथै हृदयघात र पक्षघात जस्ता जटिलता बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *