ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरि सर्वोच्चमा रिट दायर

काठमाडौं,जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरि सर्वोच्चमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ गलत रहेको भन्दै रिट हालेका हुन् ।

शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गर्नुनै संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ हुनुपर्ने भन्दै रिट दायर गरिएको हो ।

अदालतले भने हालसम्म रिट दर्ता गरिसकेको छैन । रिट निवेदकले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने बताएका छन् ।

उनीहरुले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ती समेत गलत भएको भन्दै बदर गर्न माग गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई समेत विपक्षी बनाएर वरिष्ठ अधिवक्ता ज्ञवाली सहितका कानुन व्यवसायीले संघीय संसदको सदस्य नभएको व्यक्तिलाई दोस्रोपटक मन्त्रि बनाउनु असंवैधानिक ठहर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *