ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बिरामीको चाप थेग्न नसक्दै टेकु अस्पताल

काठमाडौं,जेष्ठ २ ।कोरोना महामारीको दोश्रो लहर सुरुभएसँगै संक्रमित संख्या र मृतकको संख्या बढ्दो छ ।पछिल्लो समय पुष्टि हुने संक्रमितमध्ये ९५ प्रतिशतलाइ अक्सिजनको आवश्यक पर्ने गरेको अस्पतालहरुले जनाएको छ ।

अहिले जटिल समस्याका बिरामीको संख्या बढिरहेका बेला अस्पतालहरुमा बेडसहित स्वास्थ्यसामग्री अभाव बढिरहेको छ । सबैभन्दा बढी चाप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परेको छ ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारको दृश्य हेर्ने हो भने अत्यास लाग्दो छ ।दृश्य हेर्दा नै लाग्छ यहाँ बिरामीको ब्यवस्थापन अस्पतालले कसरी गरीरहेको छ ।

जहाँ अस्पतालका बेड पुरा भरीएर पेटी, आँगन र टहरामा समेत बेड थप गरेर जटील समस्याका संक्रमितको उपचार गरीरहेका छन् । तर, तेश्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले शुक्रबार सिंहदरबारमा पदबहाली गर्दै अस्पतालमा प्रशस्त बेड भएको दाबी गरेका थिए ।

भने केही दिन अघि सिएनएन सँगको कुराकानिमा नेपालमा संक्मरण नियन्त्रणमा रहेको बताएका थिए । तर अहिले अस्पतालमा भर्ना भएका र बिजोग यथार्थले प्रधानमन्त्रीको दाबीलाई गलत सावित मात्र गर्दैन ,नेपालको औषधोपचारमा सरकारको व्यवस्थापनलाई पनि छर्लंग पारिदिएको छ।

अहिले अस्पतालमा सिकिस्त भएर आइपुगेका बिरामीलाई अक्सिजनको सपोर्टमा उपचार गर्नुपर्नेमा बेड त के आँगनपेटीसमेत भरिएपछि कसरी उपचार गराउने भन्ने समस्यामा चिकित्सक पर्नेगरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुने बिरामीहरुले बरु आफुलाय बेड चाहिंदैन, अक्सिजन दिनुस् भन्ने गरेको निर्देशक सागरराज भण्डारीले बताए ।

कोरोना संक्रमणदर वृद्धिसँगै आकस्मिक एवम् गम्भीर अवस्थाका बिरामीको चाप बढेपछि अस्पतालले मौजुदा स्रोतसाधनबाटै सकेसम्म धेरैको उपचार गर्ने प्रयास गरिरहेको र अब थप बिरामीको उपचार गर्न नसक्ने बताएका छन्।

अहिले शुक्रराज ट्रपिकल अस्पताल मात्र हैन देशभरका सरकारी अस्पतालको हालत यस्तै छ । नाम चलेका र ठुला करीब एक दर्जन निजी अस्पतालले स्रोतसाधन नरहेकोले थप बिरामी भर्ना गर्न नसक्ने भन्दै यसअघि नै जानकारी गराइसकेका छन् ।

दिनहुँ हज्जारौं संक्रमित थपिइरहेको र अहिले सक्रिय संक्रमित एकलाभन्दा बढी भएको अवस्थामा पनि तत्काल अस्पताल र बेड व्यवस्थापन पहिलो प्राथमिकतामा नपर्नु बिडम्बनाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *