ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनबाट नेपाल आए १८ हजार सिलिन्डर: धन्यवाद चीन सरकार

काठमाडौं,जेठ २। सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालयले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको बताएको छ ।तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो।

अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ। शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो। शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो।

कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *