ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कहरका विच विद्यालय सञ्चालनको तयारी, विद्यार्थी र शिक्षकलाई माक्स अनिवार्य

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

एजेन्सी,जेठ २ । कोरोना महामारीका कारण शैक्षिक क्षेत्र नै असर पर्ने चिन्ता बढिरहेको समयमा अमेरिकाको वासिङ्टन राज्यका सबै विद्यालय शैक्षिकसत्र २०२१–२२ का लागि खोल्ने तयारी गरेको छ ।

कोरोना विरुधको खोप लगाएका मानिसले माक्स नलगाएपनि हुने जनाएको अमेरिकाको जनजीवन क्रमश सामान्य अवस्थामा फर्कन थालेको अनुमान गरिएका समयमा विद्यालय सञ्चालनको तयारी भएको हो ।

बिद्यालयमा भिड बढि हुने भएका कारण विद्यार्थी र अन्य कर्मचारीले मास्क भने अनिवार्य लगाउनु पर्ने जनाइएको छ । करिब ११ लाख विद्यार्थी विद्यालय जान्छन्।

बासिङटनमा करिव ६ लाख जनामा कोरोना संक्रमण हुदाँ ६ हजार ९ सय जनाले ज्यान गुमाएका छन् भने निको हुनेको सङ्ख्या करिव ५ लाख ९१ हजार छ । अमेरिका विश्वमा सवैभन्दाँ धेरै संक्रमित हुन देशको पहिलो स्थानमा छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *