ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजनीतिक तिगडम छोडेर मानव जीवन रक्षाका लागि लागौं- गगन थापा

काठमाडौं जेठ १ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मालाई राजनीतिक तिगडम छोडेर मानव जीवन रक्षाका लागि लाग्न सुझाव दिएका छन्। कोरोना महामारीबाट धेरै जीवन गुमाइसकेकाले अब केही दिन अन्त ध्यान दिन आग्रह गरेका हुन् ।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सामाजिक संजालमा सार्वजनीक गरेको भिडियोमा भनेका छन् -‘अहिले पार्टीभित्रको विवाद मिलाउन, चर्काउन, फकाउन छाडिदिनुस्। केही दिनलाई सभा सम्मेलन, भेटघाट, उद्घाटन शिलान्यास सबै छाडिदिनुस्। केही दिनलाई बोल्न बन्द गरिदिनुस्।’ थापाले भनेका छन्, ‘तपाईंको सम्पूर्ण शक्ति र समय कोरोना महामारीविरुद्धको युद्धमा लगाउनुस्।’  उनी अघि थप्छन् – ‘तपाईंका विचार र व्यवहारप्रति मेरा थुप्रै प्रश्नहरु छन्। तपाईंका बचन र कर्मप्रति मेरा थुप्रै असन्तुष्टिहरू छन्’, उनले भने, तर केही दिन यी सबै प्रश्न असन्तुष्टि, असहमति सबैलाई थाति राख्न म तयार छु।’

प्रधानमन्त्री ओलीलाई सवै मिलेरकाम गर्न आग्रह गरेका छन् । ‘अनि आर्यघाटमा पुग्ने लाशहरूको संख्या घटाउने प्रयत्न गरौं, मिलेर गरौं।’  उनको भनाई छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *