ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ठाकुरलाई प्रधानमन्त्री बनाउन कोइरालाको प्रस्ताव

विराटनगर,जेठ १ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई आगामी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

गृहजिल्ला मोरङको आफ्नै निवासमा सञ्चार कर्मीसंग कुरा गर्दै नेता कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

एक पटक संसदबाट विश्वासको मत नपाएपनि माधव नेपाल समुह गएका कारण जसपालाई प्रतिपक्षीले रोक्न सक्नु पर्ने उनको भनाई छ ।

उनी भन्छन् – ‘कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार नबन्ने कुरा प्रष्ट भइसकेकाले त्यो भन्दा अगाडी सोच्नुपर्ने हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले महन्थ ठाकुरलाई लोकतन्त्र र संविधानको रक्षाका साथै मधेसको मुद्दा समाधानका लागि प्रधानमन्त्री बन्न आह्वान गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *