ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौ,जेष्ठ १ । कोरोना महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

तीन अध्यक्षको बैठकले भन्दै २२–२५ जेठमा गर्ने तय गरेको महाधिवेशन कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।सोही बैठकले महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ ।

संक्रमितका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *