ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेता ज्यू, अहिले ‘हामी कहाँ छौं’ ?

काठमाडौं जेष्ठ १ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड २०६७ वैशाख १९ देखि २२ गतेसम्म तत्कालिन सरकार विरुध सडका उत्रिएका थिए । यसको दशक पछि अर्थात ७७ पुस १० गते पुन: उनी सडकमा उत्रिए । फरक थियो दश बर्ष पहिला जसको सरकार विरुध सडकमा उत्रिएका थिए तिनैलाई साथमा लिएर उनी सडकमा उत्रिए । साथमा थिए, नेकपा एमालेका वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ।

जनताका यावद समस्या समाधनमा कहिलै देखा नपर्ने नेताहरु एका- एक सडमा उत्रिदाँ जनतामा चासो तथा आक्रोष दुवै थियो । एक बर्षे लकडाउन भर जनताका कुनै विषयमा एक शब्द नबोलेका पूर्व प्रधानमन्त्री सडकमा जो आएका थिए । अहिले पनि कोरोना संक्रमण भयावह बन्दै जादाँ जनता जीवन र मृत्युको दोषादमा छटपटाई रहेका छन् । भाग्यमा भए बाचिन्छ भन्ने अवस्थामा जनता पुग्दाँ अभिभावक सरकार तथा राजनीतिक दल भने शत्ता स्वार्थमा नीहित छन् ।

पछिल्लो केही महिना यता नेपालमा कोरोना महामारी भयावह बन्दै छ । दैनिक जसो संक्रमणले नयाँ नयाँ रेकर्ड बनाउदाँ जनता घर भित्र थुनिएका छन् । अस्पतालका शैयाहरु विरामीले भरिएर पेटीमा उपचार गर्नु पर्ने वाध्यता छ । अक्सिजन अभाव छ भने विरामीले समयमा औषधी पाउन सकेका छैनन् । विद्यार्थीहरु परिक्षा कहिले सञ्चालन हुने प्रतिक्षामा हुदाँ नयाँ शैक्षिक सत्र के हुने कसैलाई अत्तो पत्तो छैन । कोरोना कै कारण हर क्षेत्र प्रभावित बन्दाँ एउटा क्षेत्रमात्र खुलम खुल्ला छ, त्यो हो नेपालको राजनीति ।

हरेक नीतिको समेत नीति मानिएको राजनीति नेपालमा भने विकृत बन्दै गएको छ । जनता रोग र भोकले छटपटाइ रहदाँ नीति निर्माता भने कुर्षिको लडाईमा तल्लिन छन् । जहानिया राणा शासन अन्त्य गर्दैं प्रजातन्त्र,लोकतन्त्र हुदैं उन्नत गणतन्त्रमा प्रवेश गरेको लामो समय वित्दा पनि एक छाक टार्नमात्र हैन जनतालाई जिवन जोगाउन समेत हम्मे हम्मे परेको छ ।

अघिल्लो लकडाउका समयमा भोक भोकै उपत्यकामा भौतारीएका श्रमिक हुन वा सवारी साधन नपाएरै पैदल हिड्ने श्रमिकका कथा-व्यथाहरु पुन दोहोरीन सुरु गरेका छन् । तर अभिभावक सरकार तथा राजनीतिक दल भने सत्ता लिप्चामा यसरी टासिएको छ जसलाई कसैले छुटाउन सक्ने अवस्था छैन ।

संविधानमाथी प्रहार भएको भन्दैं म यहाँ छु भन्दैं सडकमा उत्रिएको नेतृत्व अहिले शक्ति केन्द्रका ढोका ढकढक्याउन मै व्यस्त छन् । जनता मरुन वा बाचुन  आफ्नो अभिष्ट जसरी भएपनि पुरा गर्नै पर्ने छ उनीहरुलाई । त्यसैले त सत्ताको वार्गेनिङकै लागि रातारात बैठक हुन्छन् सहमति हुन्छ र नयाँ नेतृत्वको सपथ पनि । उनीहरुले नै शक्ति शंघर्षका लागि भन्दै सडकमा उतारेका जनताको अवस्था के छ कसैलाई अत्तो पत्तो छैन ।

राज्य पुन: संरचना पछि जताले गाँउगाउँमा सिंहदरवारको नारा पाए । ३ तहका सरकार पनि तर सवै तिर सत्ता स्वार्थ हावी बन्दाँ जनता भुग्रोमा पिल्सिन विबस छन् । शत्तारुढ दल नेकपा एमाले गुटमिलाउन वार्तामा छ भने प्रतिपक्षी नयाँ सरकार निर्माण गर्न नसकेको धङधङेमा छ। माओवादी केन्द्रलाई आफ्ना नेता कसरी फर्काउने र ओलीलाई ३० दिनभित्र विश्वासको मत नदिएर असफल बनाउने चिन्ता हुदाँ जसपा आफ्नै फुट कसरी टार्ने भन्ने चिन्तामा छ ।  त्यसैले अहिलेको राजनीति र जनताको आवस्यक्ता ठ्याक्कै नदिको दुई किनार जस्तै बनेको छ । जस्को मिलन दुर दुर संभव देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *