ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धनगढीसंग दुई हारको बदला लिदैं काठमाडौं रेजर्स नेपाल सुपर लिगको उपाधी जिन्न सफल

काठमाडौं जेष्ठ १ । धनगढिलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल सुपर लिगको पहिलो सिजनको ट्रफी काठमाडौंले उचालेको छ ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढीलाई पराजित गर्दैं काठमाडौंले उपाधी हात पारेको हो । खेलको २२ औं मिनेटमा काठमाडौं रेजर्सका मेसुखेले गोल गरेका थिए ।

दुई पटकको हारको बदला लिदैं काठमाडौंले फाइनल जितेको हो । उपाधीसंगै काठमाडौंले ३५ लाख नगद हात पारेको छ भने धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।

यो भन्दा पहिले समुहगत चरणमा तथा पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसंग पराजित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *