ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आठ हजारमा कोरोना संक्रमण हुदाँ पाँच हजार निको, १ सय ८७ जनाको मृत्यु

काठमाडौं जेष्ठ १ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस सङ्क्रमण हुदाँ १ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पीसीआर विधि र एन्टिजन विधिबाट १८हजार ५ सय ४८ परीक्षण गर्दा ८हजार १ सय ६७ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयको भनाई छ ।

शनिवार काठमाण्डौं मात्र २हजार १ सय ४६ जना, ललितपुरमा ४सय ४४ जना र भक्तपुरमा ३ सय ७४ जना सङ्क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ४ सय ५५ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि एक लाख नौ हजार ७४० जनामा सक्रिय सङ्क्रमण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *