ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले सहि कदम चाल्न नसक्दा अक्सिजन अभावमा सयौं मानिसले ज्यान गुमाउँदै

काठमाडौ ,जेष्ठ १ । नेपालमा दोस्रो लहर सुरु भएसँगै संक्रमित र मृतकको संख्या उच्च रहेको छ , त्यसमा पनि अधिकाश बिरामीलाई अक्सिजन र भेन्टिलेटरको सपोर्ट आवश्यक छ ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको भन्दै एकद्वार प्रणाली लागू गर्ने भन्दै कुन अस्पताललाई कति सिलिन्डर भनेर कोटा प्रणालि लागू गरेको थियो त्यस्तो गर्दा झनै अक्सिजनको चरम अभाव भएको थियो । भने अक्सिजन अभावमा बिरामीको मृत्युु समेत भएको थियो ।

स्वास्थ मन्त्रालयले लागू गरेको कोटा प्रणालि पनि हिजो बाट हटाएको छ । अब अस्पताल आफुले खरिद गर्न सक्ने छ । पछिल्लो समय अस्पताल पुग्नेहरूमध्ये ९५ प्रतिशत संक्रमित अक्सिजनको सपोर्टमा राख्नुपर्ने भएपछि देशभर अक्सिजनको अभाव भएको हो ।

संक्रमित संख्या बढेसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ हजार अक्सिजन सिलिन्डरको माग हुन थालेको स्वास्थ्य मन्त्रलयको तथ्यांक छ ।

अक्सिजन अभाव भएको भन्दै पछिल्लो साता कोरोना अस्पताल तथा निजी ठुला ठेला नाम चलेका अस्पतालहरूले संक्रमितलाई भर्ना लिन सकेका छैनन् । अस्पताहरूले आईसीयू र भेन्टिलेटरमा उपचारत बिरामीलाई समेत अन्यत्र सारेका छन् ।

अक्सिजन उद्योगी , स्वास्थ्य मन्त्रालय र अस्पतालहरूको ब्यवस्थापन सँग राम्रो समन्वय हुन नसक्दा बचाउन सकिने बिरामीले समेत मृत्युवरण गर्नु परेको छ । अवस्था सोचे भन्दा धेरै कठिन भइसक्दा समेत यो अवस्थामा सरकार र निजी क्षेत्र र विभिन्न संघसंस्थाहरु एक अर्काको मुख ताक्दै बस्ने हो भने नागरिक बचाउने दायित्व कसको हो त भन्ने प्रश्न उठ्न थालिसकेको छ l

पछिल्लो समय संक्रमित बढ्दै गर्दा बिरामीको उपचारमा हात उठाउँदै निजी अस्पतालहरू

पछिल्लो समय संक्रमित ह्वात्तै बढ्दा उपत्यकासहित उपत्यका बाहिरका अस्पतालहरूमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएपछि अस्पतालहरूले थप नयाँ बिरामीलाई उपचार गर्न भर्ना लिन छोडेका छन् । सरकारी अस्पालहरुमा बेर्डको अभाव र पर्याप्त अक्सिजन हुन नस्कदा संक्रमित भर्ना गर्न चुनौती भएको छ । अक्सिजन र बेड नभएको भन्दै आफुहरुले बिरामी भर्ना लिन नसक्ने सूचना निकाल्दै अस्पतालहरूले हात उठाएका छन् ।

केही दिन यता उपत्यकाका ११ ओटा अस्पतालले अक्सिजन नभएको भन्दै थप बिरामीको भर्ना लिन नसक्ने र भएका बिरामीको ब्यवस्थापन गर्न समेत गाह्रो भएको भन्दै सूचना नै निकाल्यका छन् । ग्रान्डी इन्टरनेसनल अस्पतालले पनि बुधबार नै सूचना निकाल्दै अक्सिजनको अभावले थप कोभिड संक्रमितको उपचार गर्न नसक्ने बताएको थियो ।

नर्भिक इन्टरनेसनल अस्पतालले संक्रमित बढेको भन्दै आफुलाई कोरोना अस्पताल बनाएको थियो ।तर बुधबार उक्त अस्पतालले एक सुचना जारी गर्दै अब सरकारले मागअनुसार अक्सिजन सिलिन्डर उपलब्ध गराउन नसके कुनै पनि बेलामा संक्रमितको मृत्यु हुन सक्ने बताएको थियो भने यही अवस्था रहे भोलि देशले सोचे भन्दा बढि क्षति ब्यहोर्नु पर्ने जनाएको छ ।

ललितपुुरमा रहेको नेपाल मेडिसीटी अस्पतालले पनि मंगलबार सूचना जारी गर्दै अक्सिजनको चरम अभाव भएकाले कुनैपनि हालतमा थप बिरामीको उपचार गर्न नसकिने बताएको थियो ।

काठमाडौंकै जोरपाटीस्थित नेपाल मेडिकल कजेल अस्पतालले बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न भन्दै मंगलबार सूचना जारी गरेको थियो ।

त्यस्तै सिनामंगलस्थित केएमसी अस्पतालले पनि बिहीबार अक्सिजन अभाव भऐकोले भेन्टिलेटरमा उपचाररत संक्रमितलाई अन्यत्र सार्न लागिएको बताएको थियो ।अक्सिजनको अभावमा बिरामीको उपचार गर्न नसक्ने सूचीमा हेल्पिङ ह्यान्ड्स अस्पताल, मेडिकेयर अस्पताल, भारतमैत्री अस्पताल र दीर्घायु लगायतका अस्पताल पनि रहेका छन् ।

१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन:यो निर्णय सहि नभएको

स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस बिफीङमा बोल्दै प्रा:डा जागेश्वर गौतमले अहिले देशभर अक्सिजन अभाव हुन थालेकोले त्यसलाई सहज बनाउन एक सय बेर्ड भएका निजि,सरकारीर सामुदायिक अस्पतालहरुले आफुले नै अक्सिजन प्लान्ट १५ दिन भित्र जडान गर्न निर्देशन दिए ।अस्पतालहरूमा अक्सिजनको चरम अभाव हुन थालेपछि पछिल्लो केहिदिन यता दैनिक दुई सयभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ ।

तर निजी अस्पतालहरूले भने १५ दिनभित्र अक्सिजन प्लान्ट निर्माण गर्न सम्भव नहुने भन्दै सरकारको यो निर्णय हावादारी रहेको बताउँछन् ।

बिहीबार निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इस्टिच्युसन अफ नेपाल (अफिन) ले विज्ञप्ति निकालेर १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने बताए ।

अफिनले प्लान्ट जडान गर्न कम्तीमा ३ महिना लाग्ने भन्दै सरकारले दिएको निर्देशनका भरमा १५ दिनमा अक्सिजन प्लान्ट तयार नहुने जनाएको हो ।

अक्सिजन व्यवस्थापनमा सरकारकै तदारुकता नहुनु

नेपालमा कोरोना संक्रमण दर उच्च हुँदै गएपछि अक्सिजन व्यवस्थापनका लागि तत्काल २० हजार थान अक्सिजन सिलिन्डर दू्रत मार्गबाट खरिद गर्ने निर्णय मन्त्रीपरिषद्बाट वैशाख पहिलो साता नै गरिएको थिय‍ो ।

चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउन स्वास्थ्य तथा जनसंख्या, अर्थ र परराष्ट्र मन्त्रालयबीच वैशाख १२ गतेदेखि नै पहल भइरहेको मन्त्रालयले जनाएको थियो । तर त्यसको १६ दिनपछि वैशाख २८ गते मात्रै २० हजारमध्ये ४ सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो ।अब बाँकी सिलिन्डर कहिले आउछ भन्ने अन्यौलता कायमै छ ।

आम नागरिकको ज्यान जोगाउने दायित्व कसको ?

कोरोना संक्रमणबाट वैशाख महिनामा मात्रै १ हजार ६ सय ११ जनाले ज्यान गुमाइसकेका छन् । भने गत चैत ३१ गते ३ हजार ५८ रहेको मृतकको संख्या रहेको थियो ।

अहिले मृत्यु हुनेहरूमा अधिकांश अक्सिजन नपाएर बाच्ने बिरामीहरु पनि मरिरहेका छन् । सरकारले निजि र सम्बन्धि निकाएसँग राम्रो सहकार्य गर्न नसकेदा अक्सिजन र बेड अभावमा बिरामीहरुले अकालमा ज्यान गुमाएका उनिहरुको बाँच्न पाउने हक नै खोसिएको छ ।

यो कुरामा सरकार अझै पनि गम्भीर भएर नलाग्ने हो भने सयौंबाट हजारौं मानिस उपचार नपाएर मर्नु अवस्था आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *