ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अक्सिजनमा लगाएको कोटा प्रणालि हटायो

काठमाडौं ,वैशाख ३१ ।सरकारले अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि अक्सिजनमा कोटा प्रणाली लगाएको थियो ।त्यो प्रणाली सुरु गरेसँगै अस्पतालहरुलाइ अक्सिजन आपूर्तिमा सकस भएपछि बिरामी मर्कामा पर्न थालेपछि कोटा प्रणाली हटाएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले एक सूचना निकाल्दै अक्सिजनमा लगाइएको कोटा प्रणाली हटाइएको जनाएको छ। सूचनामा हाललाई कोटा प्रणाली हटाइकाले अस्पताललाई साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निर्देशन दिइएको छ ।

सरकारले अक्सिजन व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिएपछि उसले अस्पताललाई कोटा अनुसार मात्र अक्सिजन दिन उद्योगलाई पत्राचार गरेको थियो । कोटा प्रणालीमा जाँदा झनै समस्या देखिएर बिरामीको अक्सिजन नपाएरै मृत्य हुन थालेपछि मन्त्रालयले अब भने कोटा प्रणाली खारेज गरेको हो । अक्सिजन वितरणलाई सहज र व्यवस्थित बनाउनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *