ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अस्पताललाई हेर सरकार : विलौना सुन सरकार अस्पतालमा बिरामी छटपटाउँदै छन्

गोरखा, बैशाख ३१ ।  गोरखामा संक्रमितको संख्या अत्यधिक  बढ्दा आधा दर्जन भन्दा बढी संख्यामा रहेका निजी अस्पताल कोरोना संक्रमित उपचार गर्न नसक्ने  भएका छन् ।

कोरोना भाइरसको दोस्रो लहरमा  गोरखा जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय पुगेको छ र उनीहरु अधिकांश होम आइसोलेसनमा छन् । यदि संक्रमितमा गम्भीर समस्या देखिएर अस्पताल आउनुपरेमा सदरमुकामको गोरखा अस्पताललगायतका एकाध अस्पतालले मात्र अक्सिजनसहित उपचार गर्न सक्ने भएका छन्  । तर, जिल्लाका कुनै पनि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने आइसोलेसन वार्ड छैन । आइसोलेसन निर्माणमा उनीहरुले चासो पनि दिएका छैनन् । उनीहरुले अक्सिजन, पीपीई सेटलगायतका सामग्री नै आफूहरुसँग नभएको बताएका छन् । 

विभिन्न स्थानीय तहमा गरी ५७ बेड आइसोलेसन तयार रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । तर स्थानीय तहका स्वास्थ्य संस्था अक्सिजन आवश्यक पर्ने बिरामी उपचार गर्न नसक्ने अवस्थामा छन् ।

संक्रमितको उपचारका लागि सरकारी र निजी दुबै स्वास्थ्य संस्था गम्भीर नभएको यहाँ सरोकारवाला स्वास्थ्य संस्था बताउँछन् ।

उपलब्ध स्रोत साधन र जनशक्ति प्रयोग गरेर संक्रमितको उपचार गर्न अघि सर्नुपर्नेमा निजी अस्पतालले बेवास्ता गरेको स्वास्थ्य संस्थाहरुले बताएका छन् । 

जनताको बाँच्न पाउने अधिकारप्रति गरिएको लापर्वाहीले हाल देशनै महामारीको भयावह अवस्थाबाट ग्रज्रिनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *