ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमणबाट २ सय ३ जनाको मृत्युहुदाँ ८ हजार ५ सय २० जना नयाँ संक्रमित थपिए

काठमाडौं वैशाख ३१ । पछिल्लो २४ घण्टामा कोरोना  संक्रमण २ सय ३ जनाको मृत्यु भएको छ भने ८ हजार ५ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३ जनाको मृत्यु हुदाँ  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

२४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *