ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सांसदले लगाउन थाले दोस्रो चरणको खोप

काठमाडौं,वैशाख ३१ । संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइदिन सुरु गरेको छ ।

३ दिन चल्ने खोप अभियानमा शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँबानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासंग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप को दोस्रो डोज लगाइनेछ ।

पहिलो चरणमा फागुन १९, २० र २१ गते खोप लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *