ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अक्षय तृतिया: बिहे गर्दा लगन हेर्नै नपर्ने दिन

काठमाडौं,बैशाख ३१। वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिन दिन अर्थात यस वर्षको अक्षय तृतीया अर्थात यसलाई चिरञ्जीवी तीथी समेत भनिन्छ ।

यसै पनि आजको दिनलाई राम्रो मानिने हुँदा केही नयाँ र सकारात्मक काम बिहे पुजापाठ गर्दा दिन हेराउनु नपर्ने अक्षय तृतियामा सफल हुने मान्यता रहँदै आएको छ

आजको दिनको मुख्य आकर्षण अनि सरल ब्याख्या सातु खाने दिनका रुपमा रहेको छ । सातु अर्थात् चना, जाै जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारीएको पीठो । अक्षय तृतिया अर्थात सातु आज सातु खाने दिन समेत हो ।

चढ्दो ग्रीष्मकालमा शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरु बेग्ला बेग्लै भूटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीबाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खाने गरिन्छ ।

अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकैपटक समाहित भएर आएको भान हुने समेत गरेको पाईन्छ ।

सातु खाने दिन संगै आजको दिनलाई अन्य धेरै कुराहरुले पनि सम्झना गरिन्छ । आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिइन्छ, आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको मान्निछ ।

महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको यस दिनलाई उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ ।

पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेख्न थालेको मान्यता छ ।

यसै पनि आजको दिनलाई रम्रो मानिने हुँदा केही नयाँ र सकारात्मक काम बिहे पुजापाठ गर्दा दिन हेराउनु नपर्ने र सफल हुने मानिन्छ ।

अक्षय भन्ने वित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आज अक्षय पूण्य प्राप्त गर्नका लागप वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरु दान गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *