ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

परिवर्तन विरोधी शक्तिका विरुद्ध एकताबद्ध हुन प्रचण्डको आग्रह

काठमाडौं वैशाख ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी शक्तिका विरुद्ध एकताबद्ध र सचेत हुन आग्रह गरेका छन् ।

इद-उल-फित्रको शुभकामना दिदैं प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाबादीको प्रहार भइरहेको भन्दै संघर्षमा उत्रन आह्वान गरेका हुन् ।

संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको गरेको भन्दै दाहालले बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *