ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा चौबीस घण्टामा ३ लाख ३८ हजार जनामा संक्रमण पुष्टि,३८८८ जनाको मृत्युु

एजेन्सी,वैशाख ३१। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३८ हजार २ सय ३९ जना नयाँ संक्रमित पुष्टि भएका छन्। अघिल्लो दिन संक्रमण पुष्टि हुने संख्या ३ लाख ६२ हजारभन्दा बढी रहेको थियाे ।

विश्वभर कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ ।संक्रमित संख्या २ करोड ४० लाख नाघि सकेको छ।

पछिल्लो केही दिनयता भारतमा दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ। यो पनि अघिल्लो दिनको तुलनामा केही कम हो। हालसम्म कोरोना संक्रमणको कारण भारतमा मृत्यु हुनेको कुल संख्या २ लाख ६२ हजार नाघेको छ।

संक्रमितमध्ये २ करोडभन्दा बढी निको भइसकेका छन् भने ३७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३६ लाखभन्दा बढी संक्रमित छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ३८ हजार संक्रमित थपिएका छन् भने ७ सय ४४ जनाको मृत्यु भएको छ।तेस्रो स्थानमा रहेको ब्राजिलमा पनि एक करोड ५४ लाख संक्रमित रहेका छन्। भने पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढी संक्रमित थपिँदा २३ सयभन्दा बढीको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *