ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महन्थ ठाकुरका सांसदलाई महेश बस्नेतको मेजमान, जसपाका २ दर्जन सांसद भक्तपुरमा

काठमाडौं,बैशाख ३० । जसपा अध्यक्ष महन्थ ठाकुरका पक्षीय सांसदहरू भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् ।

दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि राष्ट्रपतिले आजसम्मको समय दिएकाले ठाकुरले आफ्ना सांसद भक्तपुर लगेका स्रोतले जानकारी दिएको छ ।
ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा समेत देखिएका छन् महन्थ ठाकुरले आफूहरु तटस्थ समेत रहेको बताउँदै आएका छन् । जसपा नेता तथा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीलाई हटाउने पक्षमा छन्।

भेलामा सहभागी यतिनै छन् भन्ने यकिन भने भएको छैन लगभग महन्थ पक्षका २ दर्जन धेरै सांसद यहाँ हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार आफ्नो समर्थन या असमर्थनका पक्षमा कुराकानी र छलफल भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *