ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खाडीमा रगत पसिना बगाएर ६ सय सिलिण्डर नेपाल पठाउँदै हाम्रा दाजुभाई

काठमाडौं,बैशाख ३०। मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर नेपालको कोभिड महामारीमा सघाउन खरिद गरेका छन् ।

प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको छन् ।

अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर लागेको छ । गैह्र आवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढेको संघले जानकारी दिएको छ ।

खरिद गरिएका सिलिण्डरको तौल समान किसिमको नभएका कारण एकै पटकमा पाँच सय ५० वटा भन्दा धेरै सिलिण्डर पठाउन नसकिने संघले बताएको छ ।

खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तत भएको र स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु गरेका छन्। सकेसम्म नेपाल एयरलाइन्सको जहाजमा एकै खेपमा सिलिण्डर पठाउन सकिने गरी छलफल भइरहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *